लगनखेलको श्रीराम फार्मेसीका सञ्चालक पक्राउ

लगनखेलको श्रीराम फार्मेसीका सञ्चालक पक्राउ

बुधवार, आषाढ २६ २०८१
बुधवार, आषाढ २६ २०८१
  • लगनखेलको श्रीराम फार्मेसीका सञ्चालक पक्राउ

    काठमाडौं । ललितपुरको पाटन अस्पताल अगाडि सञ्चालनमा रहेको श्रीराम फार्मेसीका सञ्चालक लक्ष्मण महर्जन पक्राउ परेका छन् ।

    औषधि व्यवस्था विभागको टोलीले अनुगमन गर्दा उक्त फार्मेसीले बिलबिना नै औषधि खरिद गरेको पाइएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

    अनुगमन टोलीले फार्मेसीबाट बिल नभएका २३० थान औषधिसमेत बरामद गरेको छ ।

    महर्जनलाई विभागको अनुरोधमा प्रहरी हिरासतमा राखिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij