लुटिएको सुन खोजिदिन्छु भन्दै साढे ८ लाख लिने हवल्दार पक्राउ

लुटिएको सुन खोजिदिन्छु भन्दै साढे ८ लाख लिने हवल्दार पक्राउ

बुधवार, आषाढ २६ २०८१
बुधवार, आषाढ २६ २०८१
  • लुटिएको सुन खोजिदिन्छु भन्दै साढे ८ लाख लिने हवल्दार पक्राउ

    काठमाडौं । लुटिएको सुन खोजिदिन्छु भनेर पीडितबाट पैसा लिएको आरोपमा प्रहरीका एक जना वरिष्ठ हवल्दार पक्राउ परेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयमा दरबन्दी रहेका सुन्दर नेपाली विगत १७ दिनदेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा छन् ।

    नेपालीले लुटिएको सुन फेला पारिदिने भन्दै एक जना पीडितबाट साढे आठ लाख रुपैयाँ लिएको गुनासो आएपछि सीआईबीले पक्राउ गरेको थियो ।

    अनुसन्धानका क्रममा नेपालीले साढे दुई लाख रुपैयाँ लिएको स्वीकार गरेका छन् ।

    तर सुन कति थियो र कसले लग्यो भन्ने खुल्न बाँकी रहेको सीआईबीले जनाएकाे छ । 

    सीआईबीले नेपालीविरुद्ध ठगी मुद्दामा थप अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij