काठमाडौंको बौद्धमा गुडिरहेको बसको इन्जिन पड्किँदा एकजना घाइते

काठमाडौंको बौद्धमा गुडिरहेको बसको इन्जिन पड्किँदा एकजना घाइते

बुधवार, आषाढ २६ २०८१
बुधवार, आषाढ २६ २०८१
  • काठमाडौंको बौद्धमा गुडिरहेको बसको इन्जिन पड्किँदा एकजना घाइते

    काठमाडौं । काठमाडौंमा गुडिरहेको बसको इन्जिन पड्किँदा बसमा सवार एकजना घाइते भएका छन् । घाइते हुनेमा दोलखा घर भई हाल काठमाडौं माकलबारी बस्ने ५४ वर्षीय दावा लामा रहेका छन् ।

    बुधबार बिहान बौद्ध पीपलबोट सडकखण्डमा प्र.३–०१–००५ख ९८६६ न.को बाबा गोकर्णेश्वर बस गुडिरहेको अवस्थामा एक्कासि इन्जिन पड्किएको थियो । घाइते लामाको अर्थपेडिक अस्पताल नारायणटारमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij