नौबिसे–मलेखु सडकखण्ड १५ दिन बन्द रहने

नौबिसे–मलेखु सडकखण्ड १५ दिन बन्द रहने

मंगलवार, आषाढ २५ २०८१
मंगलवार, आषाढ २५ २०८१
  • नौबिसे–मलेखु सडकखण्ड १५ दिन बन्द रहने

    काठमाडौं ।  नौबिसे-मलेखु सडकखण्ड १५ दिन बन्द रहने भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मलेखु सडक खण्डमा पर्ने गणेश खोला, डांगडुंग खोला, खेस्टे खोला र पोखरे खोला पुलहरुको गर्डर लन्चिङ कार्य भएको सडक बन्द गर्न लागिएको हो ।

    सडक भोलीदेखि साउन ९ गतेसम्म राति १० बजेदेखि बिहान ३ बजेसम्मका लागि बन्द रहनेछ ।

    सो समयमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक सम्पूर्ण सवारी साधनहरु सञ्चालनमा रोक लगाइनेछ ।

    साथै, वैकल्पिक मार्गको रुपमा गल्छी विदुर छहरे टोखा सडक प्रयोग गर्न सकिने बताइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij