काठमाडौं । काठमडौं महानगरपािलकाले ४४ वटा बार, दोहोरी र क्लबलाई मनोरञ्जन कर तिर्न ३५ दिने अल्टिमेटम दिएको छ । महानगरपालिकाले एक सार्वजनिक सुचना जारी गर्दै कर नबुझाउने ४४ वटा डान्सबार, दोहोरी र क्लवको नाम सार्वजनिक गर्दै ३५ दिने अल्टिमेटम दिएकाे हो ।
पटक पटक ताकेता गर्दा पनि कर बुझाउन नआएपछि महानगरपालिकाले मंगलाबर सार्वजनिक सूचनामार्फत ३५ दिनभित्र कर बुझाउन आउन आग्रह गरेको हो । उक्त कम्पनीहरुले ३५ दिनभित्र कर नबुझाए आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही गर्ने समेत चेतावनी दिएको छ ।
