काठमाडौं । पाल्पाको माथागढी गाउँपालिका–५, गणबासकी २८ वर्षीया खुमीसरा बाह्रघरे झुम्सा खोलामा मृत अवस्थामा भेटिएकी छन् ।
घरनजिकै रहेको झुम्सा खोलामा बाह्रघरे सोमबार राति मृत अवस्थामा फेला परेको जानकारी पाएपछि प्रहरी चौकी माथाबाट प्रहरी टोली खटिई प्रारम्भिक अनुसन्धान गरिएको छ ।
उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा ल्याइएको छ । घटनासम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएकाे छ ।