काठमाडौं आइपुग्‍यो कोरोनाविरूद्धका १६ लाख ६८ हजार मात्रा खोप

काठमाडौं आइपुग्‍यो कोरोनाविरूद्धका १६ लाख ६८ हजार मात्रा खोप

सोमवार, आषाढ २४ २०८१
सोमवार, आषाढ २४ २०८१
  • काठमाडौं आइपुग्‍यो कोरोनाविरूद्धका १६ लाख ६८ हजार मात्रा खोप

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ नामक १६ लाख ६८ हजार चार सय ८० मात्रा खोप ल्याएको जनाएको छ ।

    स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाकी फार्मेसी अधिकृत निशा पराजुलीका अनुसार वयस्क (१२ वर्षभन्दा माथिका) १६ लाख १ हजार २ सय ८० मात्रा र बालबालिका (६ देखि १२ वर्षमुनिका) लागि ६७ हजार दुई सय मात्रा खोप ल्याएको जानकारी दिए । 

    यही असार १६ गते २ लाख ७६ हजार ४ सय ८० मात्रा, असार १७ गते २ लाख ७० हजार ७ सय २० मात्रा, असार १८ गते २ लाख ७६ हजार ४ सय ८० मात्रा, असार २० गते २ लाख ७६ हजार ४ सय ८० मात्रा, असार २१ गते २ लाख ७० हजार सात सय २० मात्रा र असार २३ गते २ लाख ३० हजार ४ सय मात्रा खोप नेपाल आएको हो । 

    खोप ग्लोबल एलाएन्स फर व्याक्सिन एन्ड इमुनाइजेसन (गाभी)बाट अनुदानमा ल्याइएको जनाइएको छ ।

    नेपालमा गत जेठमा नयाँ भेरियन्ट ‘केपी.१’ ‘केपी.२’ ‘केपी.३’ र ‘केपी.४’ देखिएसँगै सरकारले खोप ल्याएको हो । खोप विदेश जाने, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस, दीर्घरोगी, ज्येष्ठ नागरिक, गर्भवती र स्वास्थ्यकर्मीलाई लगाइने छ । सरकारी अस्पतालमा अहिले पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने गरिन्छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij