प्रधानमन्त्री प्रचण्डलाई थप दुई वटा मन्त्रालयको कार्यभार

प्रधानमन्त्री प्रचण्डलाई थप दुई वटा मन्त्रालयको कार्यभार

सोमवार, आषाढ २४ २०८१
सोमवार, आषाढ २४ २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई थप दुई वटा मन्त्रालयको कार्यभार

    काडमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप दुई वटा मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने गरी तोकेका छन् । जनता समाजवादी पार्टीका दुई मन्त्रीले राजीनामा दिएसँगै राष्ट्रपतिले सोमबार प्रधानमन्त्रीलाई नै रिक्त मन्त्रालयको कार्यभार तोकेका हुन् ।

    स्वास्थ्यमन्त्री प्रदीप यादव र वनमन्त्री नवलकिशोर साहले पदबाट राजीनामा दिएका थिए । यस्तै स्वास्थ्य राज्यमन्त्री हसिना खानले पनि राजीनामा बुझाएकी थिइन् ।  उनीहरूको राजीनामा स्वीकृत भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई तोकेका हुन् ।

    उनीहरुको राजीनामासँगै प्रधानमन्त्रीकै सिफारिसमा उनीहरूले सम्हाल्दै आएको उक्त मन्त्रालयको कार्यभार स्वयम् प्रधानमन्त्रीले सम्हाल्ने गरी कार्यभार तोकेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । 

    यसअघि नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि ८ वटा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री आफैले सम्हालिरहेका छन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij