अफलाइन राईडिङमा मोटरसाइकल दुर्घटना गराएर भागेका तीन जना पक्राउ

अफलाइन राईडिङमा मोटरसाइकल दुर्घटना गराएर भागेका तीन जना पक्राउ

सोमवार, आषाढ २४ २०८१
सोमवार, आषाढ २४ २०८१
  • अफलाइन राईडिङमा मोटरसाइकल दुर्घटना गराएर भागेका तीन जना पक्राउ

    काठमाडौं । प्रहरीले अफलाइन राइडिङमा मोटरसाइकल दुर्घटना गरी फरार रहेका तीन जनालाई पक्राउ गरेको छ । 

    जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार पक्राउ पर्नेमा जुम्ला चन्दनाथ नगरपालिका वडानम्बर ८ घर भएका तेज रावल, जुम्ला गुठीचौर ५ का पदम धिताल र जुम्ला गुठीचौर ४ का सुरेश अधिकारी रहेका छन् । 

    उनीहरुले काठमाडौँका विभिन्न स्थानमा दुर्घटना गराएको प्रहरीले जनाएको छ । उनीहरूमध्ये तेज रावलले चलाएको मोटरसाइकल पछाडि बसेकी अनु गुरुङ खसेको र पदम धितालले चलाएको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij