आँधीखोलाको किनारमा एक युवकको शव फेला, स्कुटर पनि किनारमै भेटियाे

आँधीखोलाको किनारमा एक युवकको शव फेला, स्कुटर पनि किनारमै भेटियाे

सोमवार, आषाढ २४ २०८१
सोमवार, आषाढ २४ २०८१
  • आँधीखोलाको किनारमा एक युवकको शव फेला, स्कुटर पनि किनारमै भेटियाे

    काठमाडौं । भीरकोट नगरपालिका-४ छाङछाङदीका ४० वर्षीय सुरेश श्रेष्ठ आँधीखोला किनारमा मृत भेटिएका छन् । सोमबार दिउँसो पुतलीबजार नगरपालिका-१३ बगालथोकस्थित आँधीखोलन किनार गैरीजाँगरमा श्रेष्ठको शव भेटिएको प्रहरीले जनाएको छ ।

    आफन्त/परिवार भेट्न भनी आइतवार साँझ उनी पुतलीबजार नगरपालिका-३ मा आएपछि सम्पर्कविहीन भएको खबर पाएपछि प्रहरीले खोजी सुरु गरेको जनाएको छ ।  

    उनले चढेको प्रदेश ३-०२००९ प ०१९३ नम्बरको स्कुटर सोमबार बिहान पुतलीबजार नगरपालिका-१ स्थित आँधीखोला किनार मालेबगरमा भेटिएको थियो । 

    त्यसपछि प्रहरी र सेनाको टोलीले स्कुटर भेटिएको स्थानभन्दा करिब ४ किलोमिटर तल श्रेष्ठको शव फेला परेको प्रहरीले जनाएकाे छ । स्कुटर पूर्ण क्षति भएको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी भनाई छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij