काठमडाौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पहिलो चरणको निर्माण सक्ने गरी भरतपुर महानगरपालिका र निर्माण कम्पनी हिमालयन कालिञ्चोक बीबीआर जेभीबीच सम्झौता भएको छ ।
भरतपुर महानगरपलिका कार्यालयमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल र निर्माण कम्पनीको तर्फबाट विकास गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतामा रंगशालाको काम २०८३ पुस २२ गतेभित्र अर्थात् ३० महिनाभित्र सक्ने उल्लेख छ ।
थप १० हजार क्षमताको प्याराफिटसहित मैदानलगायत भौतिक पूर्वाधार निर्माणका काम कम्पनीले गर्ने महानगरले जनाएको छ । शुरूमा रंगशाला निर्माण थालेको धुर्मस–सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ ।