बाढीले पुल भत्किँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

बाढीले पुल भत्किँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सोमवार, आषाढ २४ २०८१
सोमवार, आषाढ २४ २०८१
  • बाढीले पुल भत्किँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

    काठमाडौं । बाढीले पुल भत्किएपछि पूर्व-पश्चिम राजमार्गको महेन्द्रनगर-अत्तरिया खण्ड अवरुद्ध भएकाे छ । गए राति आएको बाढीले कञ्चनपुरको सुडा चोकमा रहेको पुल भत्किएको छ । पुल भत्किएसँगै आइतबार रातिदेखि राजमार्ग अवरुद्ध छ । सीमान्त शहर महेन्द्रनगरबाट सुदूरपश्चिमसँगै देशका पूर्वी शहरसम्म चल्ने सवारीसाधन बाटामै रोकिएका छन् ।

    त्यस्तै, लगातारको वर्षाले कञ्चनपुर र कैलालीका अधिकांश भूभाग डुबानमा पर्दा जनजीवन प्रभावित छ । गए राति कैलालीको भजनीमा बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित छन् । उनीहरूलाई रातभरि हुलाकी सडक र उच्च ठाउँमा रहेका भवनमा सारिएको छ ।

    कञ्चनपुरको दक्षिण क्षेत्रका अधिकांश बस्ती डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कतिपय परिवारलाई राति नै सुरक्षित स्थानमा सारिएको छ ।

    त्यस्तै, महाकाली नदीमा पानीको बहाव बढेपछि आवतजावत बन्द गरिएको छ । बनबासा पुलमा सवारीसाधन चल्न रोक लगाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij