पुलबाट दाउरा सङ्कलन गर्दा कोशी ब्यारेजमा खसेर एक बालक बेपत्ता

पुलबाट दाउरा सङ्कलन गर्दा कोशी ब्यारेजमा खसेर एक बालक बेपत्ता

सोमवार, आषाढ २४ २०८१
सोमवार, आषाढ २४ २०८१
  • पुलबाट दाउरा सङ्कलन गर्दा कोशी ब्यारेजमा खसेर एक बालक बेपत्ता

    काठमाडौं । सप्तकोशी नदीको कोशी ब्यारेज पुलमा दाउरा सङ्कलन गर्ने क्रममा आइतबार राती एक बालक बेपत्ता भएका छन् । कोशी ब्यारेज  पुलमा भालासहित दाउरा सङ्कलन गर्ने क्रममा दाउरासँगै पुलबाट खसेर एक बालक बेपता भएका हुन् ।

    स्थानीयवासी देवराज यादवको अनुसार कोशी ब्यारेज पुलमा दाउरा सङ्कलन गर्ने भारतीय १६ वर्षीय बालक रुपेश सदा बेपत्ता भएका छन् ।

    सदाको शव हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ । उक्त घटना कोशीको सप्तरी खण्डको पुलमा घटना भएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij