जिल्ला प्रहरी परिसर काठमाडौंको सेवा अब भद्रकालीबाट

जिल्ला प्रहरी परिसर काठमाडौंको सेवा अब भद्रकालीबाट

सोमवार, आषाढ २४ २०८१
सोमवार, आषाढ २४ २०८१
  • जिल्ला प्रहरी परिसर काठमाडौंको सेवा अब भद्रकालीबाट

    काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौं महानगरपालिका-११ भद्रकालीस्थित आफ्नो नयाँ कार्यालयबाट सेवा प्रदान सुरु गरेको छ ।

    यसअघि काठमाडौं महानगरपालिका-१२ टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय परिसरबाट सेवा प्रदान गर्दै आएको परिसरले आइतबारदेखि भद्रकालीमा आफ्नै नयाँ भवनबाट सेवा प्रदान सुरु गरिएको जिल्ला प्रहरी परिसरले जनाएकाे छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंले वसन्तपुरस्थित हनुमानढोकामा रहेको आफ्नै भवनबाट सेवा प्रदान गर्दै आए पनि विसं २०७२ वैशाख १२ गते गएको भूकम्पपछि टेकुमार्फत सेवा प्रदान गर्दै आएको थियो ।

    भद्रकालीस्थित भवन कूल ८० करोड लगानीमा निर्माण गरिएको जनाइएको छ । भवन आठ तलाको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij