देशभरि हालसम्म ३९ प्रतिशत धान रोपाइँ

देशभरि हालसम्म ३९ प्रतिशत धान रोपाइँ

आइतवार, आषाढ २३ २०८१
आइतवार, आषाढ २३ २०८१
  • देशभरि हालसम्म ३९ प्रतिशत धान रोपाइँ

    काठमाडौं । आइतबारसम्म देशभरि ३९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विभागका अनुसार धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ९८ हजार २ सय ७३ हेक्टर मध्ये ५ लाख ३९ हजार ८ सय हेक्टर मात्र रोपाइँ भएको हो ।

    यो पटक २३ असारसम्म गत वर्षभन्दा ४ प्रतिशतले कम रोपाइँ भएको हो । गत वर्ष २३ असारसम्म ४२.९ प्रतिशत अर्थात ६ लाख ४२ हजार २ सय ८४ हेक्टरमा रोपाइँ भएको थियो ।

    देशभरि भएको रोपाइँ मध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा भएको छ । सुदूरपश्चिममा करिब ६० प्रतिशत धान रोपाइँ भएको छ । १ लाख ७४ हजार ५७६ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल मध्ये १ लाख हेक्टरभन्दा माथि रोपाइँ भइसकेको हो ।

    सबैभन्दा कम मधेश प्रदेशमा करिब २६ प्रतिशत धान रोपाइँ भएको छ । ३ लाख ८३ हजार १५० हेक्टर मध्ये ९७ हजार ९ सय हेक्टर रोपाइँ भएको हो ।

    यस्तै गण्डकी प्रदेशमा ४९.७ प्रतिशत रोपाइँ भएको छ भने कर्णालीमा ४८ प्रतिशत रोपाइँ भएको छ । यसैगरि, लुम्बिनीमा ४४.४ प्रतिशत रोपाइँ भएको छ । 

    बागमती प्रदेशमा ४०.२ प्रतिशत रोपाइँ हुँदा कोशी प्रदेशमा ३५ प्रतिशत रोपाइँ भएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij