घुस लिएको आरोपमा कारागार प्रमुख पक्राउ

घुस लिएको आरोपमा कारागार प्रमुख पक्राउ

आइतवार, आषाढ २३ २०८१
आइतवार, आषाढ २३ २०८१
  • घुस लिएको आरोपमा कारागार प्रमुख पक्राउ

    काठमाडौं । कारागार कार्यालय नवलपरासीका प्रमुख प्रशासक विनोदकुमार दत्त डेढ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। डेढ लाखसहित उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयमा रहेको निवासबाट आइतबार पक्राउ गरेको हो ।

    विराटनगर महानगरपालिका निवासी उनीसगबाट घुस लिइसकेको १ लाख र स्रोत नखुलेको ५० हजार बरामद भएको छ । उक्त रकम उनले निवासको दराजमा राखेको बताइएको छ। 

    कारागार प्रशासक दत्तले कारागारका एक कैदीबन्दीलाई चौकीदार बनाइदिने भन्दै रकम लिएको प्रारम्भिक अनुसन्धानले बताएको अख्तियारको भनाई छ । कारागारमा रहेका कैदीबन्दीवाट चौकीदार छनौट गर्ने चलन छ । कारागार, प्रहरी र प्रशासन कार्यालयका प्रतिनिधि सम्मिलित समितिले छनौछ गर्छ ।

    चौकिदार छनोटको लागि सोमबार उक्त समितिको बैठक बस्ने मिति तय भएको थियो । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले कारागार प्रमुख दत्तलाई अख्तियारको टोलीले पक्राउ गरेको जानकारी पाएको तर रकम र अन्य विषयबारे भने जानकारी नभएको बताइन्। पक्राउ परेका दत्तमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij