१ लाख घुससहित शाखा अधिकृत पक्राउ

१ लाख घुससहित शाखा अधिकृत पक्राउ

आइतवार, आषाढ २३ २०८१
आइतवार, आषाढ २३ २०८१
  • १ लाख घुससहित शाखा अधिकृत पक्राउ

    काठमाडौं । १ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जनालाई नियन्त्रणमा लिएको छ । कारागार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्तलेलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

    सेवा सुविधा दिन सहजीकरण गरिदिने भन्दै घुस मागेको उजुरीका आधारमा दत्तलाई आइतबार कारागार प्रशासकको निवासबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । 

    यस्तै उनको साथबाट स्रोत नखुलेको थप पचास हजार रुपैयाँसमेत बरामद गरिएको अख्तियारको भनाइ छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij