काठमाडौं । हास्य कलाकार मनोज गजुरेलको घरमा ताला लगाउन पुगेकी मीना ढकाल पक्राउ परेकी छिन्। आइतबार बिहान भक्तपुरको बालकोटस्थित गजुरेलको घरमा पुगेकी ढकाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गजुरेल घर नभएको मौका छोपेर मीना बालकोट पुगेकी थिइन् । मीनाले घरमा ताल्चा लगाउन लागेको खबर स्थानीयले गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
गजुरेल र ढकालबीच सम्बन्धबिच्छेद भइसकेको छ । २०७४ सालमै सहमतिमा सम्बन्ध विच्छेद भइसकेपछि पनि मीनाले सामाजिक सञ्जालमा मनोजको चरित्रहत्या गर्दै आएकी छन् । गजुरेल र ढकालका १ छोरी र १ छोरा छन् । मनोजले दोस्रो विवाह समेत गरिसकेका छन् ।
केही अभियान्ता भनिने केटाहरुसहित पुगेकी ढकालले मनोजकी आमालाई लछारपछारसमेत गरेकी थिइन्।