तनहुँको पहिरोमा पुरिएका थप दुईजनाको शव फेला

तनहुँको पहिरोमा पुरिएका थप दुईजनाको शव फेला

आइतवार, आषाढ २३ २०८१
आइतवार, आषाढ २३ २०८१
  • तनहुँको पहिरोमा पुरिएका थप दुईजनाको शव फेला

    काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको छ । हिजो दिउँसो पहिरोले हिरा नेपालीको घर पुर्दा उनीसहित तीन जना पहिरोमा पुरिएका थिए ।

    हिराको शव हिजो बेलुका नै फेला परेको थियो । आज अनिषा बाँस्तोला र श्याम भण्डारीको शव फेला परेको प्रहरीले जनाएको छ । हिरा नेपाली र सुनमाया कुमालको घरभित्र रहेको सामान निकाल्ने क्रममा छिमेकी बास्तोला र भण्डारी पनि पहिरोमा पुरिएका थिए ।

    पहिरोमा परी विष्णुबहादुर नेपाली, विशाल तिमिल्सिना, रवि घिमिरे, रुपकुमारी नेपाली र विमल नेपाली घाइते भएका छन् । घाइतेको बेलचौतारामा रहेको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij