बाढी, पहिरोमा परेर एकैदिन ८ जनाको मृत्यु, छ वेपत्ता

बाढी, पहिरोमा परेर एकैदिन ८ जनाको मृत्यु, छ वेपत्ता

आइतवार, आषाढ २३ २०८१
आइतवार, आषाढ २३ २०८१
  • बाढी, पहिरोमा परेर एकैदिन ८ जनाको मृत्यु, छ वेपत्ता

    काठमाडौं । बाढी, पहिरोमा परेर शनिवार एकैदिन ८ जनाको मृत्यु भएको छ । थप छ जना वेपत्ता वेपत्ता भएका छन् । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानलका कारण सातजना घाइते भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनसािर, बाढी पहिरोमा परेर स्याङ्जामा तीन, पर्वतमा दुई, काठमाडौँमा एक र काभ्रेमा दुईजनाको मृत्यु भएको छ ।बाढी पहिरोका कारण देशभरका चार दर्जन प्रमुख सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुंदा हजारौं यात्रु अलपत्र परेका छन् । 

    त्यसैगरी  तनहुँमा तीन, दाङमा दुई, दोलखामा एक गरी छजना बेपत्ता भएका छन् । तनहुँ, गुल्मीलगायतका जिल्लामा सातजना घाइते भएको प्रहरीले जनाएको छ ।

    काठमाडौँमा वर्षा रोकिए पनि देशका कतिपय जिल्लामा भने लगातार वर्षा भइरहेको जनाइएको छ । बाढी पहिरोपछि तीनवटै सुरक्षा निकाय हाईअलर्टका साथ प्रभावित क्षेत्रमा परिचालन भई खोज तथा उद्धार कार्य गरिराखेको गृहमन्त्रालयले जनाएको छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij