पहिरोले अवरुद्ध बेँसीसहर–चामे सडकको लमजुङ खण्ड पुन :सञ्चालन

पहिरोले अवरुद्ध बेँसीसहर–चामे सडकको लमजुङ खण्ड पुन :सञ्चालन

शनिवार, आषाढ २२ २०८१
शनिवार, आषाढ २२ २०८१
  • पहिरोले अवरुद्ध बेँसीसहर–चामे सडकको लमजुङ खण्ड पुन :सञ्चालन

    लमजुङ । पहिराले आज बिहानैदेखि अवरुद्ध बेँसीसहर–चामे सडकको लमजुङ खण्ड पुन :सञ्चालन भएको छ । बेँसीसहर नगरपालिका–६ खरखरेभीर र मस्र्याङ्दी गाउँपालिका–४ जगत नजिकै हावाडाँडामा गएको पहिरो हटाएसँगै पुनः सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

    पहिरो हटाएर सडक सञ्चालनमा आए पनि फेरि ठूलो वर्षात् भएमा कुनै पनि बेला सडक अवरुद्ध हुन सक्ने प्रहरी निरीक्षक थानेश्वर चपाइँले बताए । 

    बाढीले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग पनि सञ्चालन हुन थालेको छ । अविरल वर्षासँगै आज बिहान मध्यनेपाल नगरपालिका–६ पिस्ती खोलामा आएको बाढीले अवरुद्ध सडक पानीको सतह घटेसँगै सवारी सञ्चालनमा आएको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij