मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

शनिवार, आषाढ २२ २०८१
शनिवार, आषाढ २२ २०८१
  • मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    काठमाडौं । मोटरसाइकल दुर्घटना हुँदा धनगढीमा एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१८ फुलबारीमा हसुलियातर्फ जाँदै गरेको  से३ प५६९५ नम्बरको मोटरसाइकल नालामा खसेको थियो । 

    दुर्घटनामा गम्भीर घाइते भएका चालक कैलारी गाउँपालिका–८ का  कृष्ण चौधरीको शनिबार बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

    मोटरसाइकलको पछाडि बसेका २८ वर्षका यादव चौधरी सामान्य घाइते भएका प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij