काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा खटिएका सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको मृत्यु भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोक दरबन्दी भई ओली निवास बालकोटमा सुरक्षा प्रमुखका रूपमा खटिएका सशस्त्र प्रहरी इन्स्पेक्टर ४२ वर्षीय उमेश थापाको शनिबार बिहान मृत्यु भएको हो।
शनिबार बिहान ५स्३० बजे उनी भक्तपुरको सूर्यविनायक नगरपालिका-९ गुण्डुस्थित आफ्नै घरमा अचेत भेटिएका थिए। अचेत भेटिएका थापालाई उपचारका लागि बिहान साढे ६ बजे भक्तपुर अस्पताल पुर्याइएकोमा ६ः५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
उनको के कारणले मृत्यु भएको भन्ने खुलिसकेको छैन। मृतकको शव पोष्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।