काठमाडौं । अबिरल वर्षासँगै नदीहरुमा आएको बाढीका कारण देशभरका जलविद्युत् आयोजनाहरु प्रभावित भएका छन् । बाढीले आयोजनामा पुगेको क्षतिका कारण ६४० मेगावाट जलविद्युत् उत्पादन बन्द भएको हो ।
खोलानालामा आएको बाढीलाई ध्यानमा राख्दै माथिल्लो तामाकोहीसहित नीजि क्षेत्रका ७ आयोजना बन्द गरिएको छन् । बाढीले पूवार्धारमा पर्न सक्ने क्ष्तिविरुद्ध सावधानी अपनाउँदा ६ सय ४० मेगावाट बराबरको उर्जा उतपाद ठप्प भएको छ ।
प्राधिकरणका अनुसार ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विहान १ बजेर ४३ मिनेटपछि पूर्ण रुपमा बन्द गरिएको छ। ६० मेगावाटको युटीथ्री ‘ए’ जलविद्युत आयोजना विहान ४ बजेर १० मिनेटपछि पूर्ण रुपमा बन्द छ । १० मेगावाटको सुनकोसी विहान ८ः३० बजेबाट बन्द गरिएको छ ।
निजी क्षेत्रका ३६ मेगावाटको बलेफी, २० मेगावाटको मोदी, १५ मेगावाटको मध्य मोदी र ४० मेगावाटको अपर चमेलिया गरी ११४ मेगावाट गरी ६४० मेगावाटका प्लान्ट बन्द भएका छन् ।
बाढीका करण केहि आयोजनाहरु आंशिक रुपमा चलिरहेका छन् । बाढीकै कारण ५० मेगावाटको सोलु दुधकोशी, ४७ मेगावाटको लिखु एक, २९ मेगावाटको लिखु दुई, ३८ मेगावाटको मध्य तमोर, ६० मेगावाटको कालिगण्डकी ‘ए’, सात मेगावाटको मोदी, छ मेगावाटको त्रिशूली, पाँच मेगावाटको देविघाट र १४ मेगावाटको चमेलिया जलविद्युत आयोजनाको बिजुली उत्पादन आंशिक रूपमा प्रभावित भइरहेको जनाइएको छ ।
लगातार बर्षा भइरहेका कारणले खपतसँगै विद्युत माग पनि घटेको छ ।