राप्ती नदीको बाढीमा फसेका २ जनाको उद्धार, एक जना बेपत्ता

राप्ती नदीको बाढीमा फसेका २ जनाको उद्धार, एक जना बेपत्ता

शनिवार, आषाढ २२ २०८१
शनिवार, आषाढ २२ २०८१
  • राप्ती नदीको बाढीमा फसेका २ जनाको उद्धार, एक जना बेपत्ता

    काठमाडौं ।  दाङको राप्ती नदीमा आएको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । त्यसमध्ये एक जना बेपत्ता भएका छन् । शनिबार लमही नगरपालिका ७ हस्नापुरस्थित राप्तीको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ भने एक जना बेपत्ता भएका छन ।

    दूध बिक्री गर्न लमही गएका तीनजना मध्ये राजपुर गाउँपालिका २ का १८ वर्षीय राजकुमार यादव फर्किने क्रममा बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

    सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएका सुरक्षाकर्मीले राजपुर २ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्धार गरेका प्रहरीले जनाएको छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij