पहिरोले सिद्धार्थ राजमार्ग र तानसेन–तम्घास सडक अवरुद्ध

पहिरोले सिद्धार्थ राजमार्ग र तानसेन–तम्घास सडक अवरुद्ध

शनिवार, आषाढ २२ २०८१
शनिवार, आषाढ २२ २०८१
  • पहिरोले सिद्धार्थ राजमार्ग र तानसेन–तम्घास सडक अवरुद्ध

    काठमाडौं । पहिरोले सिद्धार्थ राजमार्गमा अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्दी नजिकै  पहिरो खसेको प्रहरीले जनाएको छ ।

    यस्तै तानसेन–तम्घास सडक खण्डको अर्गली र जोर्ते क्षेत्रमा पनि पहिरो खसेर सडक अबरुद्ध भएको जनाइएको छ । 

    सडकमा खसेको पहिरोको कारण दुवै सडक शनिबार बिहानैदेखि अवरुद्ध बनेका छन् । सडक अवरुद्ध भएसङ्गै पहाड र तराईको यात्रामा निस्केका सवारी र यात्रु बाटोमै रोकिएका छ्न ।

    सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । तर, पानी परेकाले पहिरो पन्छाउन समस्या भइरहेको जनाइएको छ । कालीमाटी, चर्चरे र राम्दी क्षेत्रका सडक एकतर्फी खुलाइएको छ । अन्य स्थानको पहिरो हटाउन भने केही समय लाग्ने प्रहरीले जनाएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij