पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित

पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित

शनिवार, आषाढ २२ २०८१
शनिवार, आषाढ २२ २०८१
  • पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित

    काठमाडौं । नेपाल पत्रकार महासंघको असार २२ गते अथात् आज शनिबारका लागि तोकिएको निर्वाचन कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ । महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार अबेर सूचना जारी गर्दै निर्वाचन स्थगित भएको जनाएको हो ।

    चुनाव गर्नका लागि निर्वाचन समिति प्रतिबद्ध रहँदा रहँदै पनि सहज वातावरण बन्न नसकेकोले आजका लागि निर्धारित मतदानको कार्यक्रम हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ ।

    पत्रकार महासंघबाट मतदान हुने मिति तोकी आएमा चुनावी कार्यक्रम अघि बढाउन सकिने पनि समितिले जनाएको छ । महासंघले यसअघि जेठ २६ गतेका लागि चुनावको मिति तय गरेकोमा त्यो स्थगित गर्दै आजका लागि तोकेको थियो । 

    fnj-2.jpg

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij