कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

शनिवार, आषाढ २२ २०८१
शनिवार, आषाढ २२ २०८१
  • कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

    जुम्ला । यहाँको  पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो कल्भर्ट भत्काउने क्रममा च्यापिएर एकजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।

    पातारासी– १ निवासी ५३ वर्षीय रन बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए । 

    पातारासी–१ का ४१ वर्षीय कर्ण ऐडी, १८ वर्षीय सुरेश बुढा र १६ वर्षीय धन ऐडी घाइते भएको सूचना अधिकारी  चन्दले बताए। घाइते तीनैजनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij