भोटेकोशीमा निर्माणाधिन जलविद्युत आयोजनाको ढलान भत्कियो, दुईजना पुरिए, १२ को उद्दार

भोटेकोशीमा निर्माणाधिन जलविद्युत आयोजनाको ढलान भत्कियो, दुईजना पुरिए, १२ को उद्दार

शुक्रवार, आषाढ २१ २०८१
शुक्रवार, आषाढ २१ २०८१
  • भोटेकोशीमा निर्माणाधिन जलविद्युत आयोजनाको ढलान भत्कियो, दुईजना पुरिए, १२ को उद्दार

    काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका –४ मा रहेको इलेक्ट्रिक हाइड्रो पावरको ढलान भत्किँदा दुईजना मजदूर पुरिएका छन् भने १० घाइतेको उद्दार गरिएको छ । शुक्रबार दिउँसो २ बजे हाइड्रो पावरको ड्यामसाइडमा रहेको सुरुङ ढलान गर्ने क्रममा ढलान भाँसिएपछि घटना भएको हाे ।

    सो घटनामा दुईजना पुरिएको र १० जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ । ठाकुरबावा नगरपालिका– ३ का ३० वर्षीय रामदिन थारु र सोही नगरपालिका ५ का ३० वर्षीय सुमन थारु ढलानले पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

    त्यस्तै नाम थर नखुलेको दुईजना पुरुषहरू ढलानमा च्यापिएको हुँदा उद्दार कार्य भइरहेको प्रहरीको भनाइ छ । उद्दार गरिएका १० जनालाई भने उपचारको लागि अस्पताल लगिएको छ । उद्दार गरिएकामध्ये सामान्य घाइतेलाई बाह्रबिसे प्राथमिक स्वाथ्य केन्द्र र गम्भीर घाइतेलाई धुलिखेल अस्पताल लगिएको छ ।

    घाइतेहरूको उद्दारका लागि इलाका प्रहरी कार्यालय कोदारी र बाह्रबिसेबाट प्रहरी निरीक्षकको कमाण्डमा २० जना, सशस्त्र प्रहरीबाट १५ जना र नेपाल आर्मीको १५ जना खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हाइड्रो पावरको ड्यामसाइडमा रहेको सुरुङ ढलान गर्दागर्दै भत्किएको हो । 

    ४० मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाको गत साउनदेखि निर्माण सुरू भएको हो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij