काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले असार २८ गते विश्वास मत लिने भएका छन् । एकै कार्यकालमा यसअघि ४ पटकसम्म विश्वासको मत पाइसकेका प्रचण्डले पाचौँपटक विश्वासको मत लिन लागेका हुन् ।
२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए । २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले त्यही २६ गते विश्वासका मत लिएका थिए । त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई समर्थन गरेका थिए ।
२०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरबदल भयो । चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए । त्यतिबेला सदनमा २६२ सांसद उपस्थित भएका थिए । विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो ।
गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेपछि नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी सहितका दलको नयाँ समीकरण बनेको थियो । त्यसपछि फागुन ३० गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका थिए । त्यतिबेला विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १५७ सांसदले समर्थन गरेका थिए भने प्रस्तावको विपक्षमा ११० मत परेको थियो । प्रधानमन्त्री दाहाललाई मत दिन्न भन्नेमा १ मत परेको थियो ।
पछि कांग्रेससँग गठबन्धन तोडेर एमालेसँग जोडिएर प्रचण्डले जेठ ७ गते विश्वासको मत लिएका थिए । त्यतिबेला उनलाई एमालेका ७६, माओवादीका ३२, रास्वपाका २१, एकीकृत समाजवादीका ९, जसपाका ७, जनमतका ६, नागरिक उन्मुक्तिका ३, स्वतन्त्र २ र आम जनताको १ गरि १ सय ५७ मत प्राप्त भएको थियो ।
नेकपा ९एमाले० ले यही बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो भने ८ जना मन्त्रीले पदबाट राजीनामा दिएका थिए। एमालेका मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत भइसकेको छ ।
ती मन्त्रालय प्रधानमन्त्री दाहालले हेर्ने गरी जिम्मेवारी तोकिएको छ । साथै एमालेले शुक्रबार संघीय संसद सचिवालयलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको र आफूहरू प्रतिपक्षमा बस्ने जानकारी दिएको छ।
गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ समीकरण बनाउँदै सरकार र संविधान संशोधनलगायत मुद्दा अघि बढाउने सहमति भएको थियो । अल्पमतमा परेका प्रधानमन्त्री दाहालले भने आफूले संसद फेस गर्ने बताइरहेका छन् ।