चन्द्रागिरिका वडाध्यक्षसहित २ जनाविरुद्ध  मुद्दा

चन्द्रागिरिका वडाध्यक्षसहित २ जनाविरुद्ध  मुद्दा

बिहिवार, आषाढ २० २०८१
बिहिवार, आषाढ २० २०८१
  • चन्द्रागिरिका वडाध्यक्षसहित २ जनाविरुद्ध  मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष भाइकृष्ण तामाङसहित २ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले बिहीवार वडाध्यक्ष तामाङ र विचौलिया ध्रुवबहादुर कडायतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    वडाध्यक्ष तामाङको निर्देशनमा विचौलिया कडायतले सेवाग्राहीबाट २ लाख रुपैयाँ नगद लिएको पाइएको अख्तियारको दाबी छ ।

    कडायतकै नाममा काटिएको २ लाखको चेकसहित अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो ।

    व्यवसाय स्थानान्तरणका लागि सिफारिस र दर्ता गरिदिने प्रयोजनका लागि उक्त घुस रकम लिएको पाइएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij