रास्वपाका मुकुल ढकाल निलम्बित, कबिन्द्र बुर्लाकोटी बने कार्यबाहक महामन्त्री

रास्वपाका मुकुल ढकाल निलम्बित, कबिन्द्र बुर्लाकोटी बने कार्यबाहक महामन्त्री

बिहिवार, आषाढ २० २०८१
बिहिवार, आषाढ २० २०८१
  • रास्वपाका मुकुल ढकाल निलम्बित, कबिन्द्र बुर्लाकोटी बने कार्यबाहक महामन्त्री

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने निर्णय गरेको छ । पार्टी अनुशासन आयोगको सिफारिसमा बुधबार केन्द्रीय समितिको बैठकले ढकाललाई निलम्बन गरेको हो ।

    महामन्त्री मुकुल ढकाललाई एक साताका लागि निलम्बन गर्ने निर्णय भएसँगै कार्यवाहक महामन्त्रीको जिम्मेवारी बुर्लाकोटीलाई दिइएको हो ।  कार्यवाहक प्रवक्ताको जिम्मेवारी मनीष झालाई तोकिएको छ ।

    पार्टी अनुशासन आयोगको सिफारिसमा बुधबार केन्द्रीय समितिको बैठकले महामन्त्री ढकाललाई एक साताका लागि निलम्बन गरेको हो ।  अनुशासन आयोगको बैठकले ढकाललाई कारबाहीको लागि सिफारिस गरेपछि उनी निलम्बित भएका हुन् । बैठकबाहिर निस्केर मिडियासँग पार्टीविरुद्ध बोलेको भन्दै पार्टीले ढकालमाथि कारबाही गरेको हाे ।

    महामन्त्री ढकाल बुधबारको बैठकमा मुखमा मास्क र कालो टेप लगाएर पुगेका थिए । बैठकमा बोल्ने ५२ मध्ये ५० केन्द्रीय सदस्यले महामन्त्री ढकालकाे विराेध गरेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij