काठमाडौं । काठमाडौंमा जिल्ला अदालतले बालिका बलात्कारको आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुरप्रसाद शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले शिवाकोटीलाई बुधबार थुनामा पठाउने आदेश दिएको हो ।
घरमा घरेलु श्रमिकका रूपमा रहेकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका थिए ।
तराई मूलकी बालिका विगत ६ वर्षदेखि शिवाकोटीको घरमा काम गर्दै आएकी थिइन् ।
४५ वर्षीय शिवाकोटीले आफूलाई तीन वर्षदेखि पटक-पटक बलात्कार गरेको बयान बालिकाले दिएकी थिइन् ।
इन्स्पेक्टर शिवाकोटी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत थिए ।