थमन विक हत्या प्रकरण : पूर्वप्रदेश सांसद कौशल यादवलाई थुनामा पठाउने आदेश

थमन विक हत्या प्रकरण : पूर्वप्रदेश सांसद कौशल यादवलाई थुनामा पठाउने आदेश

बुधवार, आषाढ १९ २०८१
बुधवार, आषाढ १९ २०८१
  • थमन विक हत्या प्रकरण : पूर्वप्रदेश सांसद कौशल यादवलाई थुनामा पठाउने आदेश

    काठमाडाैं । जिल्ला अदालत महोत्तरीले सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा पूर्वप्रदेश सांसद कौशल यादवलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ।

    न्यायाधीश फनेश्वरी घिमिरेको इजलासले यादवलाई कर्तव्य ज्यान मुद्दामा थुनामा राख्ने र आगजनी मुद्दामा धरौटी माग गर्ने आदेश दिएको श्रेस्तेदार नुतन झाले जानकारी दिइन्। उनका अनुसार आगजनी मुद्दामा पाँच हजार धरौटीको आदेश दिइएको छ।

    लामो समयदेखि फरार रहेका यादवलाई शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका ५ पोखरीभण्डाबाट पक्राउ गरी आइतबार अदालतमा पेस गरिएको थियो। असई विकको हत्या आरोपमा पूर्वसांसद यादवको हकमा मुद्दा मुलतवीमा राखिएको थियो।

    सोमबारदेखि उनको पक्षविपक्षमा थुनछेक बहस भएको थियो। उनी २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नं. ४ (क) मा प्रदेश सांसद निर्वाचित भएका थिए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij