काठमाडौं । नागढुङ्गा–नौबीसे सडक खण्ड आज र भोलि राति बन्द रहने भएको छ । त्रिभुवन राजपथअन्तर्गत नौबीसे सडक खण्डमा पर्ने नौबीसे खोला पुलको काम गर्नुपर्ने भएकोले आज र भोलि राति सडक बन्द रहने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ ।
राति १० बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द रहने छ । एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने गाडीबाहेक सम्पूर्ण गाडीलाई पूर्णरूपमा रोकिने प्रहरीले जनाएकाे छ ।