घर परिवारका सदस्य रोपाइँमा गएको बेला १३ वर्षीया दृष्टिविहीन बालिका बलात्कृत

घर परिवारका सदस्य रोपाइँमा गएको बेला १३ वर्षीया दृष्टिविहीन बालिका बलात्कृत

बुधवार, आषाढ १९ २०८१
बुधवार, आषाढ १९ २०८१
  • घर परिवारका सदस्य रोपाइँमा गएको बेला १३ वर्षीया दृष्टिविहीन बालिका बलात्कृत

    काठमाडौं । घर परिवारका सदस्य रोपाइँमा गएको बेला नरहरिनाथकी १३ वर्षीया दृष्टिविहीन बालिका बलात्कृत भएकी छन् । आँखा देख्न नसक्ने बालिकालाई घरमा एक्लै भएको मौका पारी ५० वर्षीय चक्रबहादुर विष्टले बलात्कार गरेको आफन्तको आरोप छ । 

    आइतबार बिहान ११ बजेतिर जबरजस्ती करणी गरेर भागेका विष्टलाई सोमबार प्रहरीले पक्राउ गरेर सदरमुकाम मान्म ल्याएको छ । सुस्तमनस्थिति समेत भएकी बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि आरोपितलाई सोमबार पक्राउ गरेर मंगलबार जिल्ला अदालतबाट ७ दिनको म्याद थप भएको प्रहरीले जनाएकाे छ । 

    बालिकाको घरमा कोही नभएको मौका पारेर जबरजस्तीकरणी गरेको जाहेरीमा उल्लेख भएको प्रहरीले जनाएकाे छ । आरोपितलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

    दृष्टिविहीन बालिका कक्षा ७ मा पढ्छिन् । बालिका आँखाको उपचार गर्न आफन्तसँग सदरमुकाम मान्म हुँदै कैलालीको गेटा आँखा अस्पतालमा परीक्षण गरेर एक साताअघि घर फर्किएकी थिइन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij