नगरपालिकाले दिएको बजेटमा वडाबाट थपेर सडक स्तरोन्नति गरिरहेका छौं : लच्छुराम न्यौपाने

नगरपालिकाले दिएको बजेटमा वडाबाट थपेर सडक स्तरोन्नति गरिरहेका छौं : लच्छुराम न्यौपाने

बुधवार, आषाढ १९ २०८१
बुधवार, आषाढ १९ २०८१
  • नगरपालिकाले दिएको बजेटमा वडाबाट थपेर सडक स्तरोन्नति गरिरहेका छौं : लच्छुराम न्यौपाने

    काठमाडौं । नगरपालिकास्तरबाट विकास निर्माण कार्यलाई उच्च प्राथमिकतामा राखि अगाडि बढेको सूर्यविनायक नगरपालिकाका वडाहरु पनि विकासका लागि डटिरहेका छन् । मंगलबार सूर्यविनायक नगरपालिकाको नमूना विकास अवलोकन तथा स्थलगत अन्तरक्रियाका क्रममा नगरका वडाहरुको विकास निर्माणका कार्यप्रति दृढता देखिएको हो । 

    आफ्ना वडाका बासिन्दाको दैनिक आवतजावतमा सहयोग पुर्याउन मुख्य सडक लगायत बस्तीका सडकहरुको निर्माण तथा स्तरोन्नति गरिरहेको नगरको ४ नम्बर वडाले नगरपालिकाको लक्ष्यमा इँटा थपिरहेको छ । सडक कालोपत्रे गर्नका लागि नगरपालिकाले विनियोजन गरेको बजेट अपुग हुने देखिएपछि वडाले त्यसमा थप गरि योजना पुरा गर्ने काम गरिरहेको वडाअध्यक्ष लच्छुराम न्याैपानेले बताए । 

    अध्यक्ष न्याैपानेका अनुसार, ४ नम्बर वडामा हालसालेै पानीट्याङ्कीदेखि गाम्चा निस्कने सडक कालोपत्रे गरिएको छ । नगरपालिकाले विनियोजन गरेको एक कराेड रूपैयाँ बजेट उक्त कार्यका लागि अपुग हुने भएपछि वडा आफैंले रकम थप गरेर कार्य पुरा गरेको हो । ‘गाम्चा निस्कने सडक पिच गर्न नगरपालिकाले १ करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यतिले नपुग्ने भएपछि हामीले वडाबाट ४९ लाख रुपैयाँ थपेर पुरै पिच सकेका छौं ।’ वडाध्यक्ष लच्छुराम न्यौपाने भने । 

    संघ र प्रदेशको सहयोगमा वडामा विभिन्न विकास निर्माणका कार्य भइरहेको बताउँदै न्याैपानेले वडामा सडक निर्माण र स्तरोन्नतिका लागि नगरपालिकाले यथासक्य सहयोग गरेको बताए । पछिल्लो समय ढल तथा खानेपानीको क्षेत्र सुधारका लागि समेत सो वडाले कार्य गरिरहेको न्यौपानेकाे भनाई छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij