६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

बुधवार, आषाढ १९ २०८१
बुधवार, आषाढ १९ २०८१
  • ६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

    काठमाडौं । ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मालारानी गाउँपालिका-६ साकिन्धारा बस्ने ४३ वर्षीय आत्म बहादुर भलामी मगरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

    मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij