हरित करबापत एकै महिनामा २० करोड रुपैयाँ सङ्कलन

हरित करबापत एकै महिनामा २० करोड रुपैयाँ सङ्कलन

बुधवार, आषाढ १९ २०८१
बुधवार, आषाढ १९ २०८१
  • हरित करबापत एकै महिनामा २० करोड रुपैयाँ सङ्कलन

    काठमाडौं । डिजेल र पेट्रोलमा लगाइएको हरित करबापत २० करोड रुपैयाँ सङ्कलन भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत डिजेल र पेट्रोलमा हरित करबापत एक रुपैयाँ सङ्कलन गर्ने घोषणा गरिएको थियो । सोही अनुसार नेपाल आयल निगमले एक महिनाको अवधिमा हरित करबापत एक महिनामा २० करोड रुपैयाँ सङ्कलन भएको नेपाल आयल निगमले जनाएको छ । 

    जेठ १५ बजेट भाषणमार्फत घोषणा गरिएको हरित कर सोही दिनदेखि नै लागुु भएको थियो । निगमले डिजेल र पेट्रोल प्रतिलिटरमा एक रुपैयाँका दरले हरित कर सङ्कलन गर्दै आएको छ ।

    उक्त करबाट एक महिनामा २० करोड संकलन भएको निगमले जनाएको छ । बजेटमार्फत् कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिवद्धताअनुरूप पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित करको व्यवस्था गरिएको थियो । जसअनुसार  कोइला र कोइलाबाट उत्पादित वस्तु, कोक र विभिन्न तेलहरूमा ५०/५० पैसा तथा डिजेल र पेट्रोलमा १/१ रुपैयाँ हरित कर लाग्दै आएको छ ।

    निगमले डिजेल पेट्रोल आयात हुने भन्सार विन्दुुमा नै कर सङ्कलन गर्ने गरेको जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij