काठमाडौंको सोह्रखुट्टेमा सडक भासियो

काठमाडौंको सोह्रखुट्टेमा सडक भासियो

बुधवार, आषाढ १९ २०८१
बुधवार, आषाढ १९ २०८१
  • काठमाडौंको सोह्रखुट्टेमा सडक भासियो

    काठमाडौं । सोह्रखुट्टे–बालाजु सडक भासिएको छ । आज बिहान काठमाडौं महानगरपालिका १६ नयाँबजारको कुमारी टोलको गेट अगाडि सडकमा झन्डै ११ फिट गहिरो खाल्डो परेको हो ।

    खाल्डोमा एउटा मोटरसाइकलमेत खसेको थियो । मोटरसाइकललाई क्रेनबाट निकालेको र मोटरसाइकल चालक पनि सकुशल रहेका प्रहरीले जनाएको छ ।

    सडक भासिएसँगै यातायात आवागमनमा असर परेको छ । अहिले भासिएको ठाउँमा घेरा हालेर मर्मतको तयारी गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij