काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाने नुनको मूल्य बढाएको छ । सासाल्ट ट्रेडिङको मंगलबार (आज) बसेको सञ्चालक समितिको बैठकले नुनको मूल्य ३ रुपैयाँले बढाएको हो ।
साल्ट ट्रेडिङ कर्पोरेशनले जारी गरेको विज्ञप्ति अनुसार नुनको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ । नयाँ मूल्यसुची अनुसार अब प्रतिकिलो २३ रुपैयाँ पर्ने आयो नुनलाई अब उपभोक्ताले २६ रुपैयाँ तिर्नुपर्नेछ ।
न्यू शक्ति नुनलाई उपभोक्ताले प्रतिकिलो २० रुपैयाँमा तोकिएको छ । उपभोक्ताले न्यु शक्ति नुनको मूल्य यसअघि १७ रुपैयाँ तिर्दै आएका थिए ।
यस्तै भानु नुनको मूल्य भने यथावत् राखेको साल्ट ट्रेडिङले जनाएको छ । साल्ट ट्रेडिङले भानु नुन प्रतिकिलो ९ रुपैयाँमै उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ ।
