काठमाडौं । लोक सेवा आयोगको प्रतिस्पर्धामा पास भएका ८ जनालाई न्याय परिषद्ले जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । मंगलबार बसेको परिषद्को बैठकले उनीहरूको नाम सिफारिस गरेको हो ।
यसरी सिफारिस हुनेमा कमलकान्त जोशी, नारायण सापकोटा, बसन्तराज जोशी, मनिराम ज्ञवाली, अन्जनराज सापकोटा, नीतिज राई, तिलक कार्की र चन्द्रमणि चौलागााई रहेका छन् ।
बैठकले अदालत, महालेखापरीक्षकको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका कार्यरत न्याय सेवाका उपसचिव सरहका कर्मचारीलाई जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको हो ।
