नक्कली भुटानी शरणार्थी प्रकरण : बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश

नक्कली भुटानी शरणार्थी प्रकरण : बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश

मंगलवार, आषाढ १८ २०८१
मंगलवार, आषाढ १८ २०८१
  • नक्कली भुटानी शरणार्थी प्रकरण : बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले मंगलबार थुनछेक बहसपछि थापालाई थुनामा राख्न आदेश दिएको हो ।

    थापा पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा हुन् । उनलाई केहीदिन अघि मात्र सीआईबीले पक्राउ गरेको थियो ।

    उनलाई ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij