रामबहादुर बम्जनलाई १० वर्ष कैद

रामबहादुर बम्जनलाई १० वर्ष कैद

सोमवार, आषाढ १७ २०८१
सोमवार, आषाढ १७ २०८१
  • रामबहादुर बम्जनलाई १० वर्ष कैद

    काठमाडौं । बालयौन दुरुपयोगमा दोषी ठहर भएका तपस्वीका रूपमा चर्चित रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय सुनाइएको छ । जिल्ला अदालत, सर्लाहीका न्यायाधीश जीवनबहादुर भण्डारीको इजलासले सोमबार सजाय निर्धारण गरेको हो । 

    यससँगै बम्जनले पीडितलाई क्षतिपूर्ति पनि दिनुपर्ने भएको छ । अदालतले बम्जनबाट पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश गरेको छ ।

    बम्जन विरुद्ध नामथर परिवर्तित २२ जिल्ला बस्ने (क१)की छोरी वर्ष १८ की परिवर्तित (क)ले जाहेरी दिएकी थिइन्। उनको जाहेरीका आधारमा २०७७ असार १८ गते बम्जन विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । उनी विरुद्ध बालयौन दुरुपयोगको अभियोग लागेको थियो ।

    मुद्दा दर्ता भएपछि बम्जन भागेका थिए। उनी गत पुस २४ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

    त्यसमाथि सुनुवाइ गर्दै न्यायाधीश भण्डारीको इजलासले असार १० मा बम्जनलाई दोषी ठहर गरेको थियो । आज सजाय निर्धारण भएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij