टेकबहादुर गुरुङको मुद्दामा भएको फैसलाविरुद्ध पुनरावलोकन दर्ता

टेकबहादुर गुरुङको मुद्दामा भएको फैसलाविरुद्ध पुनरावलोकन दर्ता

सोमवार, आषाढ १७ २०८१
सोमवार, आषाढ १७ २०८१
  • टेकबहादुर गुरुङको मुद्दामा भएको फैसलाविरुद्ध पुनरावलोकन दर्ता

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेकबहादुर गुरुङविरुद्धको भ्रष्टाचार मुद्दामा भएको फैसला पुनरावलोकनको माग गरेको छ । सर्वोच्च अदालतबाट भएको फैसला सोमबार पुनरावलोकनको माग गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

    भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङविरुद्ध २०७५ माघ १२ गते मुद्दा दायर गरेको थियो ।

    भ्रष्टाचार मुद्दा लागेका सांसद गुरुङलाई संसद् सचिवालयले २०७९ पुस १२ गते निलम्बन गरेको थियो । 

    तर सर्वोच्च अदालतले २०८० चैत १६ गते उनलाई सफाइ दिएपछि संसद् सचिवालयले २०८१ वैशाख १२ गते उनीविरुद्धको निलम्बन फुकुवा गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij