पत्रकार महासङ्घका पूर्वउपाध्यक्ष भट्टको निधन

पत्रकार महासङ्घका पूर्वउपाध्यक्ष भट्टको निधन

सोमवार, आषाढ १७ २०८१
सोमवार, आषाढ १७ २०८१
  • पत्रकार महासङ्घका पूर्वउपाध्यक्ष भट्टको निधन

    वेदकोट ।  नेपाल पत्रकार महासङ्घका पूर्वउपाध्यक्ष कर्णदेव भट्टको ७६ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह र उच्चरक्तचापबाट पीडित उनको भीमदत्त नगरपालिका–६ स्थित आफ्नै निवासमा आइतबार राति निधन भएको हो ।

    रासस सञ्चालक समितिका पूर्वसदस्य भट्ट कञ्चनपुरबाट प्रकाशित फारवेस्ट टाइम्स दैनिकका पूर्वसम्पादक हुनुहुन्थ्यो । उहाँका श्रीमती, दुई छोरा र एक छोरी छन् । उनको मङ्गलबार अन्त्यष्टि गरिने पत्रकार रुद्रराज पनेरुले जानकारी दिए। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij