काठमाडौं । जन्ती बोकेको बस धनुषामा दुर्घटनाहुँदा १३ जना घाइते भएका छन् । सर्लाहीबाट बेहुली लिन लहान जाँदै गरेको बस गएराति पूर्वपश्चिम राजमार्ग अन्र्तगत पोर्ताहामा दुर्घटनामा पर्दा १३ जना जन्ती घाइते भएका हुन् ।
घाइते हुनेहरूमा सर्लाहीको कौडेना गाउँपालिका ६ का ६० वर्षीय जयन्दर राय, ३२ वर्षीय मनोज कुमार यादव, ५४ वर्षीय ससुखन यादव, वीरेन्द्र रायका ७ वर्षीय छोरा निगम राय, ६५ वर्षीय केबट बैठा रहेका छन् । यस्तै, सर्लाही विष्णुपुर गाउँपालिका ८ का ३७ वर्षीय राधेश्याम प्रसाद यादव, ६० वर्षीय टेकन राय, ६५ वर्षीय दीप नारायण यादव, ६२ वर्षीय बिन्देश्वर राय, ७० वर्षीय लाल बाबु राय, २८ वर्षीय विजय कुमार साह रहेका छन्। त्यसैगरी ६० वर्षीय जगदीश राय, ६० वर्षीय कपिलेश्वर राय पनि घाइते भएका छन् । घाइते मध्ये प्रायःको अवस्था सामान्य रहेको छ भने जयन्दर रायको अवस्था मध्यम रहेको छ । उनीहरू सबैको उपचार गोदार स्थित रिया पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पैदलयात्रीलाई जोगाउने क्रममा बस पल्टिएको स्थानीयले बताए । बस सडक छेउको कल्भर्टबाट तल खसेको छ ।
दुर्घटना पश्चात् बस चालक फरार रहेको छ भने चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।