पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब कति पर्छ ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब कति पर्छ ?

आइतवार, आषाढ १६ २०८१
आइतवार, आषाढ १६ २०८१
  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब कति पर्छ ?

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज रातिदेखि लागु हुनेगरि पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो । 

    हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन । मूल्यवृद्धिपछि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६७ रुपैयाँ र डिजल तथा मट्टितेल प्रतिलिटर १ सय ५७ रुपैयाँ पर्नेछ ।

    त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा वरपर पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६४ र मट्टितेल तथा डिजल प्रतिलिटर १ सय ५२ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १ सय ६६ र डिजल तथा मट्टितेल १ सय ५६ रुपैयाँ पर्नेछ ।

    NOC notice.jpg

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij