काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पुरक) परीक्षा साउन २३ गतेदेखि सुरु हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा मन्त्रालयको बैठकले साउन २३ गतेबाट पुरक परीक्षा सुरु गर्ने निर्णय गरेको हो ।
यसअघि दुई विषयमा नन ग्रेडेड विद्यार्थीका लागि बोर्डले साउन १८ र १९ गते परीक्षा गर्ने निर्णय गरेको हो । तर मन्त्रालयले शुक्रबार दुईभन्दा बढी विषयमा नन ग्रेडेडलाई परीक्षामा सहभागी गराउने निर्णय गरेपछि परीक्षा मिति पछि सरेको हो ।
अहिले पास भएका र पुरक परीक्षा दिने विद्यार्थीको पढाइमा ‘ग्याप’ कम गर्नका लागि असोजको पहिलो हप्ताभित्र नतिजा सार्वजनिक गर्ने मन्त्रालयले जनाएको छ ।
बिहीबार प्रकाशित एसईईको नतिजाअनुसार २ लाख ४२ हजार ३ सय १३ विद्यार्थी नन ग्रेडेड भएका छन् ।