पूर्व गृहमन्त्री बादलका छोरा प्रतिक थापालाई भोलि अदालत पेश गरिने

पूर्व गृहमन्त्री बादलका छोरा प्रतिक थापालाई भोलि अदालत पेश गरिने

आइतवार, आषाढ १६ २०८१
आइतवार, आषाढ १६ २०८१
  • पूर्व गृहमन्त्री बादलका छोरा प्रतिक थापालाई भोलि अदालत पेश गरिने

    काठमाडौं ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता तथा पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई सोमबार अदालत पेश गरिने भएको छ ।  शुक्रबार राति पक्राउ परेका थापालाई नक्कली भुटानी शरणार्थीसम्बन्धी ठगी मुद्दामा सुनुवाइका लागि जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।

    तर उक्त मुद्दामा आइतबार सुनुवाइ नै भएन । आइतबार पालो नआएको भन्दै पुनः सोमबार ल्याउन अदालतले आदेश दिएको हो । 

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा थापाविरुद्ध प्रहरीले यसअघि नै अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरेको छ । १० जेठ २०८० मा मुद्दा दायर भएका ३० प्रतिवादीमध्ये थापासहित केही व्यक्ति फरार थिए ।

    यो मुद्दामा एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जना पुर्पक्षका लागि थुनामा छन् । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण र आङटावा शेर्पासहितका आरोपीहरु भने धरौटीमा रिहा भएका छन् ।

    नेकपा एमालेका नेता तथा पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकलाई प्रहरीको विशेष टोलीले शुक्रबार साँझ बौद्धबाट पक्राउ गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij